धुम्रपानरहित दिवस २०८०

२०८० जेठ १८

हाम्रो आवाजः धुम्रपानरहित समाज भन्ने मूल नाराका साथ महेन्द्र विद्या आश्रम भक्तपुर प्रा.लि. (माध्यामिक विद्यालय)ले धुम्रपान निषेध दिवस भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रम मिति २०८० साल जेष्ठ १७ गते बुधबारका दिन गरिएको थियो । कक्षा सातदेखि दशसम्मका सम्पूर्ण विद्यार्थीको सभागिता रहेको सचेतनामूलक ¥यालीमा विद्यालयका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्के, प्रमुख प्रशासकीय अधिकृत श्री सम्राट मास्के, प्रधानाध्यापक श्री अनिल श्रेष्ठ तथा सम्पूर्ण शिक्षकको गौरवमय उपस्थिति रहेको थियो । बाजागाजासहित भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा परिक्रमा गरको ¥यालीमा सम्पूर्ण विद्यार्थीले हातहातमा धुम्रपान सेवन गर्नुहुँदैन भन्ने सकारात्मक सन्देश दिने प्ला कार्ड बोकेका थिए । उक्त कार्यक्रममा महेन्द्र विद्या आश्रम भक्तपुर प्रा.लि. साहित्य क्लबका विद्यार्थीको शब्द तथा यसै विद्यालयका छात्रा आयुष्मा निरौला, विभूति कार्की, सहारिका सिँह, एन्जिलिना दुवाल र सुजु धुख्वाको सुमधुर आवाजमा रेकर्ड गरिएको परिवर्तन बोलको गीत पनि प्रस्तुत गरिएको थियो । समाजमा रहेका विकृति, विसङ्गति तथा कुसंस्कारको अन्त्य गरी सुसभ्य समाज निर्माणको अभियानलाई मूर्त रूप दिन विद्यालयले यस्ता रचनात्मक एवम् सचेतनामूलक कार्यक्रमलाई विगत समयमा झैँ आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धतासहित कार्यक्रमको समापन गरिएको थियो ।