सपना

साइन्सा रसाइली

कक्षा नाै

कहिलेकाहीँ लहर चल्छ, मैले धेरै गुमाएछु

फेरि यसो रहर चल्छ

मैले केही बनाएछु

कोही भनोस् मलाई मूर्ख

कोही देखोस् मलाई धूर्त

म महसुस गर्छु एक अचम्मको भावना

पखेटाबिना उड्न खोज्ने मेरो चाहना ।

 

थाहा छैन

म किन यो दुनियाबाट अलग अस्तित्व खोज्छु

कठिन बाटाहरू  रोज्छु

ठुला ठुला सपना देख्छु ?

 

भन्नुहुन्थ्यो हजुरबा,

सबै खुसी हुन भनेर सपनाको जन्म भयो रे

खुसीको स्वाद सपनामा चाखेपछि

मानिसले कर्म सिक्यो अरे

मन अझिन्छ यस्तै कुरामा

म बल्झिन्छु त्यस्तै कुरामा

स्पष्ट दृश्य नदेखिएको चित्रझैँ ।

 

लाग्छ अब रङ भर्नु छ उत्साहको

चित्र कोर्नु छ भविष्यको

फ्रेम राख्नु छ सफलताको

लेख्नु छ एउटा कथा जिन्दगीको

जसमा आँखाको भाव होस्

हृदयको संवेदना ।