सम्मान गरौँ

A tribute to the FrontLine Warriors of COVID-19

बिधी नापित
कक्षा नौ

आफ्नो स्वास्थ्य नहेरेर सबको रक्षा गर्ने                               

मेरोतेरो कै नभनी उपचारमा खट्ने ।

कोरोनाको लडाइँ लड्ने सिपाइ हौ तिमी 

महामारी अन्त्य गर्ने रक्षक हौ तिमी ।


अस्पतालमा स्वास्थ्यकर्मी बाहिर प्रहरी 

खटेका छन् रातदिन भोक निद्रा नभनी ।

कति याद आउँछ होला घर परिपवारको 

सबै कुरा बिर्सिएर रक्षा गर्छौ हाम्रो ।


कोरोनाको कहर यो बढ्दै छ दिनदिन  

खतराको समय नि आउँदै छ छिनछिन ।

एउटै आशा अब हाम्रो स्वास्थ्यकर्मी माथि 

सचेतना फैलाउने प्रहरी हुन् साथी  ।


डाक्टरलाई छि छि  दुरदुर दुव्र्यवहार होइन

डाक्टर नै हुन् बचाउने अरु कोही छैन ।

हाम्रो साथ सम्मान छ हाम्रा भगवान्लाई

कोरोनासँग पैलौ घेरामा लड्ने जति सबलाई ।