सलाम छ,
प्रिय डाक्टरहरुलाई
केही अबुझ मान्छेहरुले
तपाईँहरुमाथि गरेको दुव्र्यवहार अक्षम्य छ
म लज्जित छु यो खबर सुन्दा
तर पनि
हामी तपाईँको साथमा छाैँ
तपाईँहरुको मनोबल र शिर सगरमाथाझैँ उच्च राख्न
हाम्रो साथ, सम्मान र माया तपाईँहरुसँग छ
हाम्रो भरोसा र विश्वास तपाईँहरुमा छ
शिवजीले समुद्र मन्थनमा निस्केको कालकूट विष पिएर
धर्तीको रक्षा गरेझैँ
कोरोनारुपी कालकूट विष पिएर हाम्रो रक्षा गर्ने
सबै सबैलाई अन्तस्करणदेखि सलाम छ ।