मातृवियोग

विभूति कार्की

कक्षा दश

जस्तै दुख परोस दिएर ममता, संसार देखाउने तिमी
मेरो पैलो गुरु बनी सुपथमा, पाइला चलाउने तिमी
मेरा लागि खुसी समेट्न निजका, पीडा बिर्सिने तिमी
जस्तै दुख परोस दिएर ममता, आँसु लुकाउने तिमी

मेरो साथ बसेर हाँसिरहने, आमा कहाँ जानुभो
सौम्य शान्त मुहार त्यो सकलाको, छाप कहाँ छोड्नुभो
सर्वत्र म खोजी रहेछु दिनदिनै भेट्दिँन कहीँ कतै
बोलायौ कि भनी म सम्झिरहन्छु, दुर्भाग्य मेरो कठै

निशामा ममता र प्रेम ज्योतिले, चौतर्फी प्रकाश छरी
छोडी इहलीला हराउनुभयो, आमा कहानी बनी
आँखाबाट त दूर भो हजुरको, भौतिक देह जति
आउँछन् एकलाश याद जहिल्यै मेरा मन मुटुमा

सास पूर्ण थियो थिएन कम केई, आमा मसँग हुँदा
के के हुन्छ र आज यो मनमुटु, आमा बिरानो हुँदा
अर्पी प्रेम सदा दियौ नि ममता, संस्कार ऊर्जा ममा
श्रद्धा अर्पण गर्न पाऊँ म सदा राखी यही मनमा