इच्छा त उनीहरुलाई पनि छ
आफ्नो परिवारसँग सुरक्षित बस्न
छोराछोरीका कमला हात समाउँदै दन्त्य कथा सुनाउन
तर
सेवा उनको धर्म हो
रोगसँग लड्नु कर्म हो
आफनै जीवनको पर्वाह नगरी
अरुको ज्यान बचाउनु जीवनको मर्म हो ।
आज कोरोना कहरले विश्व सन्त्रस्त हँुदा
जीवन रक्षाको लागि हामी घरभित्रै बसिरहँदा
पिपिई, मास्क र पन्जाको सहारामा
कोरोनासँग जुधिरहेका स्वास्थ्यकर्मी
अनि
बन्दाबन्दीलाई सफल बनाउन चेतनाको बिगुल फुक्ने प्रहरीहरु
जीवनदाता बनेर उभिएका छन्
कति प्रहरी र स्वास्थ्यकर्मीहरु सङ्क्रमित हुँदा पनि
हाम्रै लागि खटिरहेका छन् ।
पहिलो घेरामा उभिएर
कोरोना विरुद्धको लडाइँमा
होमिएका यी भगवान्हरुलाई
दुव्र्यवहार होइन
सम्मान, समर्थन र कदर गरौँ
सम्पूर्ण स्वास्थ्यकर्मी र प्रहरीहरुलाई साधुवाद !