Blog
महान् योद्धा

अङ्किता कार्की
कक्षा दश
यो कोरोनाको कहरमा
सबै जना आआफ्नो घरघरमा
आफनो ज्यान हत्केलामा राखेर
मात्र डाक्टर र प्रहरी छन् मैदानमा
प्रहरी आफनो बर्दी लगाएर
आफ्नो ज्यान र सान आफूले लाएको मास्कमा च्यापेर
अनि डाक्टर व्यक्तिगत सुरक्षाका उपकरण लगाएर
आफ्नो ज्यान आफूले लगाएको पन्जामा च्यापेर ।
डाक्टरका छोराछोरी भन्छन्
बबा मलाईभन्दा पनि बढी बिरामीलाई माया गर्छन्
प्रहरीका छोरा भन्छन्
बाबा मलाई भेट्न कहिल्यै आउँदैनन्
प्रहरी र डाक्टर आफ्ना चोटहरु बिर्सेर
बाहिरी रुपमा मुसुक्क मुस्कुराउँछन्
परिवारसँग महिनौँ टाढा बसेर पनि आफ्नो चोट लुकाउँछन्
हामी त आफ्नो पविारसँग खुसी छौँ
सबैले बुझ्छन् यो कुरा
तर हाम्रा निम्ति खटेका सुरक्षाकर्मीको पीडा
कसले बुझ्छ त्यो कुरा ?
देशको कठीन परिस्थितिमा पनि
आफनो ज्यानको बाजी थापेर
अहोरात्र खटिने महान् सुरक्षाकर्मीलाई सलाम !