‘जाती दुलहीको खोजी’को कथा समीक्षा

जुलियट मोक्तान

कक्षा दश

१. कथाकारको परिचय

‘कथाकोसेली’ नामक किताबमा समाविष्ट ‘जाती दुलहीको खोजी’ शीर्षकको कथा कथाकार तुलसीप्रसाद श्रेष्ठद्वारा रचना गरिएको हो । उनका अन्य साहित्यिक रचनाहरू पनि प्रकाशित छन् ।

२. कथाको भाषाशैली र पात्र 

कथामा सरल भाषाको प्रयोग भएको छ । कथामा सामान्य तरिकाले कथानकको वर्णन गरिएको छ ।  कथाकारले कथा लेख्खा बच्चादेखि वृद्धसम्मका व्यक्तिहरूले बुझ्ने भाषाशैलीको प्रयोग गर्नुभएको छ । प्रस्तुत कथा बालकथा भएकाले यसमा बालबालिकाले प्रयोग गर्ने शब्द र भाषिक संरचनाको अत्यधिक प्रयोग गरिएको छ । यस कथाका मुख्य पात्र एक जना वृद्ध र उसको छोरा हुन् ।

३. कथाको विषयवस्तु र सन्देश

कथामा एक वृद्ध र उनको एक जना  छोरा हुन्छ ।  वृद्धले आफ्नो छोराको लागि बुहारी खोज्न थाल्छन् । कर्मशील  बुहारी खोज्न उनले जुक्ति लगाए । उनले भने, “जसको घरबाट धेरै फोहोर निस्किन्छ म उसकी छोरीलाई आफ्नी बुहारी बनाउँछु र पैसा पनि दिन्छु ।” अल्छीभन्दा अल्छी मान्छेले पनि धेरै फाहोर  ल्याए र आफ्नो घर धेरै फोहोर भएको  कुरा बताए । तर एकजना युवतीले थोरै पोहोर ल्याएर आफ्नो घरमा धेरै फोहोर नभएको कुरा बताइन्  किनभने उनी दिनदिनै घर बढार्ने  गर्थिन् । बुढाले मिहिनेती बुहारी  पाए र उनी खुसी भए ।

‘जाती दुलहीको खोजी’ शीर्षकको कथामा वृद्धिको चतुरता देखाइएको छ । सन्तानका लागि आमाबुवाले गर्ने परिश्रम र निश्चल प्रेमलाई बुढाले गरेको मिहिनेतद्वारा कथामा झल्काउन खोजिएको छ । हाम्रा आमाबुबाले हामीलाई निः स्वार्थ र निष्कपट प्रेम गर्नुहुन्छ भन्ने भाव पनि कथामा देखाइएको छ । प्रस्तुत कथामा हामी मानिसको तितो वास्तविकता पनि प्रदर्शन गरिएको छ । हामी मानिसहरूको दृष्टिमा स्वार्थ, लोभ र लालचले कालो धब्बम लगाइदिएको छ । केही काम गर्न हामी आफ्नो फाइदा नै खोज्ने गर्छौंँ । मानिसको चेतनास्तरलाई स्वार्थले घटाइदिएको छ । हामीले केही पाउन झुटो पनि बोल्नुहुँदैन ।  भुटले कमाएको सुनभन्दा इमान्दारिताले कमाएको गुण नै राम्रो हुने गर्दछ । कथामा बुढाले धुलोको बदलामा पैसा दिने कुराले अल्छी भन्दा अल्छी मान्छेले पनि घर बढालेर फोहोर ल्याएको कुराले हाम्रो अल्छीपन र केही पाएमा मात्रै केही काम गर्ने प्रवृति झल्काएको छ । सँधै सफासुग्घर गरेर बस्ने युवतीले भने बुढाको असल र इमान्दार छोरासँग बिहे गर्ने अवसर पाइन् ।

प्रस्तुत घटनामा असल र सदाचार व्यक्तिले सहौं राम्रो फल पाउँछ भन्ने भाव पनि व्यक्त भएको छ। ा ती महिलाले सहौं आफ्नो घर बढार्थिन् । ।त्यसकारण उनले राम्रो श्रीमान पाइन् र अल्छी गर्ने महिलाहरूले भने फोहोर जम्मा गरेर पैसा मात्रै पाए । यसको आशय राम्रो कर्म गर्नेले राम्रै फल पाउँछ भन्नु हो । वृद्ध बाले आफ्नो चालाखीले सुशील बुहारी पाए । हामीले पनि चाहिने समय र स्थान मा आफ्नो बुद्धिको प्रयोग गर्न जान्नुपर्छ । जसरी, जुक्तिले नै वृद्धलाई सुखी बनायो ।

४ उपसंहार

प्रस्तुत कथा निकै सन्देशमूलक छ । प्रस्तुत कथाको विषयवस्तुसरल  भए तापनि यसले दिन खोजेको सन्देश धेरै  गम्भीर रहेको छ ।  यो कथा पढ्दै गर्दा अझै कथा पढूँ पढूँ लाग्ने भावना मनमा उत्पन्न भइरहेको थियो । जीवनमा आउने कुनै पनि समस्या बलले होइन बुद्धिले समाधान गर्नुपर्छ भन्ने कुरा यस कथाबाट सिक्न सकिन्छ ।