Blog
बुबाका आँखामा आँसु देख्दा
युनिक घिमिरे
कक्षा नाै
अघि बढ्ने मेरो सपना हरपल कागजमा लेख्दा
मेरो मन दुखिरहेछ बाबाका आँखामा आँसु देख्दा ।
सुसाई खोला दौडिरहेछ ऋणी समुद्रको छाल
मेरो मन दुखी रहेछ देख्दा बाबाको हाल ।
सोचिरहेछु मनले एकदिन हँसाउँछु धनले
र पुछ्ने छु बुबाका आँसु मेरो यो रुमालले
तर आजै दुखिरहेछ मन यसो भनी लेख्दा
मेरो मन दुखिरहेछ बुबाका आँखामा आँसु देख्दा
ताते ताते गर्दै हिँड्न सिकाउनुभो मलाई
पछि केही गर्ला भनी भनी हुर्काउनुभो मलाई ।
पुगेको छैन उमेर हरेक दुःखमा साथ दिऊँ
बुबाका दुःख मात्रै म कुरी हेरी बसूँ
के लेख्यो होला कर्म त्यो भाबीले लेख्दा
मेरो मन दुखिरहेछ बुबाका आँखामा आँसु देख्दा
मलाई थाहा छ कि मेरा यी साना कुराले कसैको मन छुँदैन
मेरो बुबाका आँसुको ऋण तिर्न केही कुरा काबिल हुँदैन ।
हरेक दिन म हराउँछु आफैँमा बुबाका दुःख सम्झिँदा
मेरो मन दुखिरहेछ बुबाका आँखामा आँसु देख्दा