आशा र भरोसाका
प्रिय पात्रहरु

कोइश्ना श्रेष्ठ

कक्षा नौ

सङ्ख्या बढ्दै छ कोरोना सङ्क्रमितहरुको

चिन्ता बढ्दै छ मानिसहरुको

थुनिएका छौँ घरभित्र 

कोरोना दैलोमा ताण्डव नृत्य गर्दै छ 

महिषासुर बनेर मानव अस्तित्वमाथि धावा  बोल्दै छ 

हामी निरीह बनेका छौँ 

थाहा छैन को कति बेला यसको सिकार बन्छ ।

 

 

हो, यही महामारीबाट हामीलाई बचाउन 

नवदुर्गा बनेर स्वास्थ्यकर्मीहरु 

महिषासुररुपी कोरोनासँग लडिरहेका छन्

अस्पतालमा पसिना चुहाइरहेका छन् 

निसासिने पिपिईभित्र थुनिएर बिरामीलाई नव जीवन दिँदै छन्

अनि प्रहरीहरु

टन्टलापुर घाम र बर्खे झरीममा जनचेतना फैलाउँदै छन्

शान्ति सुरक्षा कायम गराउन अहोरात्र खटिरहेका छन् ।

 

आफू कोरोना सङ्क्रमित हुने डर छैन यिनलाई

मात्र हाम्रो चिन्ता छ 

यो महामारीबाट बचाउन सक्ने यिनै देवताहरुमाथि

हाम्रो आशा र भरोसा छ

सम्मान र समर्थन छ 

साथ र सहयोग छ ।