Blog
38th School Day Program 2079

MVA
३८औँ विद्यालय स्थापना दिवसको सुखद अवसरमा महेन्द्र विद्या आश्रम भक्तपुर प्रा.लि.ले विविध कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । पहिलो चरणमा विद्यालयले विद्यार्थी, शिक्षक कर्मचारी तथा अभिभावकको स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नेत्र र दन्त परीक्षण शिविर सम्पन्न गरेको थियो । तिलगङ्गा आँखा केन्द्र शाखा भक्तपुरका स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा विद्यालयले सम्पन्न गरेको नेत्र परीक्षण शिविरमा सम्पूणर् विद्यार्थी तथा शिक्षककर्माचारीले नेत्र परीक्षण गराई स्वास्थ्य लाभ लिनुभएको थियो । यसैगरी समाज डेन्टल हस्पिटल भक्तपुरका स्वास्थ्यकर्मीको सहयोगमा दुई दिनसम्म चलेको दन्त परीक्षण शिविरमा पनि सम्पूणर् विद्यार्थी तथा शिक्षककर्माचारीले आफ्ना दन्त परीक्षण गराई स्वास्थ्य लाभ लिनुभयो । दोस्रो चरणअन्तर्गत विद्यालयले रेडक्रस जिल्ला शाखा भक्तपुरको सहयोगमा बुहत् रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा ४६ जना महानुभावले रक्तदान जस्तो पुण्य कर्म गुर्नभएको थियो । रक्तदान गर्नुहुने सम्पूणर् महानुभावलाई विद्यालयद्वारा सम्मानपत्र प्रदान गरिएको थियो । यस अवसरमा विद्यालययका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्केज्यूले स्वास्थय शिविर तथा रक्तदान कार्यक्रमलाई सफलतावूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूणर् महानुभावप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुहुँर्दै स्वास्थ्यकर्मीको टोलीलाई सम्मानपत्र/कदरपत्र प्रदान गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि विद्यालयले यस्ता रचनात्मक एवम् सेवामूलक कार्यलाई आफ्नो कर्म र धर्म मानी निरन्तरता दिने र थप बिस्तारित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
३८औँ विद्यालय स्थापना दिवसको सुखद अवसरमा विद्यालयले विद्यालय स्थापना दिवस कार्यक्रम भव्यता साथ सम्पन्न गरेको छ । विद्यालययका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्केज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नृत्य तथा गीत सङ्गीतको बेजोड प्रस्तुति प्रस्तुत गरिएको थियो । विद्यालय विद्यार्थी प्रतिनिधि श्री करुणा राईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री अनिल श्रेष्ठज्यूले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा उहाँले विद्यालय सदैव गुणस्तरीय, व्यावहारिक तथा समयसापेक्ष जीवनोपयोगी शिक्षाका लागि दत्तचित्त भएर अविश्रान्त अगाडि बढिरहेको कुरा बताउनुभयो । यसैगरी विद्यालयले स्थापना दिवसकै अवसरमा दोस्रो त्रैमासिक परीक्षामा विद्यालयले निर्दिष्ट गरेको उच्तम प्राप्ताङ्क तथा विद्यालयमा उपस्थिति प्राप्त गर्न सफल कक्षा एकदेखि दशसम्मका विद्यार्थीलाई ७०,०००/- बराबरको छात्रवृत्ति वितरण गरको थियो । विद्यालयका आन्तरिक प्रतियोगिता र अन्तर विद्यालय प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्न सफल विद्यार्थी तथा झक्तपुर नगर पालिकाद्वारा आयोजित नगरस्तरीय खेलकुद प्रतियोगितामा विजय प्राप्त गर्न सफल खेलाडीलाई विद्यालयले प्रमाणपत्र र मेडलसहित सम्मान गरेको थियो । यसै अवसरमा विद्यालयले शिक्षकहरूको पुनर्ताजगी कार्यक्रमअन्तर्गत गोदावरी रिसोर्टमा एकदिने वनभोज कार्यक्रको पनि आयेजना गरेको थियो । उक्त कार्यक्रमको समापनमा बोल्नुहुँदै विद्यालययका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्केज्यूले विद्यालयले आफ्नो ३८औँ स्थापना दिवसलाई अत्यन्तै रचनात्मक, सेवामूलक र सांस्कृतिक कार्यक्रममार्फत सम्पन्न गर्न पाउनु आफ्नो अहोभाग्य भएकाले यसबाट आफू उत्साहप्रद भएको र आगामी दिनमा यस्ता कार्यले निरन्त्रता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।