Blog
म र मेरो देश – (तोटक छन्द)

यश बुढाथोकी
कक्षा आठ
ऋषिको तपभूमि र शान्ति थल
सचराचरकै शिर देव थल ।
मनले तनले श्रमको बलले
म त देश सजाउँछु पौरखले ।
जति दृष्टि दियो त्यति ठाँटहरू
कति सुन्दर छन् वन फाँटहरू ।
गिरि शैल र ताल हिमाल यहीँ
यदि स्वर्ग कतै छ भने छ यहीँ ।
म त भक्त न हुँ जननी भगवान्
छ सदैव सदा प्रिय देश महान् ।
सुन हे युवती र युवाजन हो
सबको पहिचान त देश न हो ।
म त पूर्ण छु जन्म लिएर यहाँ
सब देश न हो जति जे छ ममा ।
पसिना र विवेक म पोख्छु अनि
फहराउँछु चन्द्र र सूर्य बनी ।