मेरो देश
(मन्दाक्रान्त छन्द)

मानसी बोहोरा

कक्षा आठ

चाँदीजस्ता हिमशिखर छन् लोभ लाग्दा सुदृश्य
बग्छन् झर्झर् प्रणय ममता देश नेपाल भव्य ।
मेरो भाषा लयवचनमा देश नेपाल बोलूँ
मेरो छाती रगत सबमा देश नेपाल भेटूँ ।

भ्ुार्भुर् गर्दै भमर पुतली बागमा प्रेम छर्छन्
रङ्गीचङ्गी वन चहुरमा कोइली गीत भर्छन् ।
मेचीकाली अबिरल बगी देश रक्षा गरेका
चारैतर्फी निर पवनले प्राण हाम्रो भरेका ।

शेर्पा क्षेत्री मगर ठकुरी सिंह नेवार राई
लिम्बू कामी गुरुङ सब हौँ एउटै दाजुभाइ
गौरा होली छठ इद दशैँ, इन्द्रजात्रा र माघी
रम्छौँ हामी सबजन यहाँ पर्व ल्होसार मानी

थालौँ सारा तरुण जन हो देशमै कर्म गर्न
लागौँ हामी तनमन दिई देश निर्माण गर्न ।
यौटा यस्तो अमर रहने सिर्जना गर्छु मैले
नेपालीका मन हृदयमा लेख्छु नेपाल मैले ।