मुस्कानभित्रको कथा

सुप्रिया विष्ट

कक्षा नाै

मैले मेरो कथाको पात्र कसलाई बनाउने भनेर धेरै बेर सोचेँ, पात्र खोज्दै गएँ, अनेकौं पात्रहरू मेरो मानसपटलमा आए । अनायासै मैले सोचेँ, मेरो कथाको पात्र त्यसलाई बनाऊँ, जो हजारौं तिरस्कार र अपहेलनाका बिचमा आफ्नै बलबुताले संघर्ष गरी हास्न अनि बाँच्न सिकेकी छे । दुनियाँले अपमानको जतिसुकै हिलो छ््यापून्, ऊ त्यही हिलोमा कमल भएर फुलेकी छे । दुनियाँले घृणाका काँडाले जतिसुकै उसलाई घोचून्, ऊ त्यहीँ काँडाको बिचमा गुलाब भएर मुस्कुराएकी छे । ऊ कहिले घामको राप र तापबाट आहात हुन्छे त कहिले आँधीहुरीको सामना गर्छे । यसरी बाचेकी एउटा पात्र छे, जसलाई मैले मेरो कथाको पात्र बनाएको छु । उसको कथा दुःखमा मुस्कुराउनेहरूको कथा हो, उसको कथा आगोको लप्कोमा पग्लिएर घनका निर्मम प्रहारबाट बनेका मूर्तिहरूको कथा हो ।

 

मेरो कथाकी पात्र आफ्नी फुपूको सहारामा बाँचकी थिई । एक दिनको कुरा हो, मैले उसको कोठामा एउटा डायरी भेटेँ । उनले डायरीमा के रहेछ भनेर एक एक पृष्ठ पल्टाएँ । भनिन्छ, “मान्छेलाई बुझ्नु छ भने सके उसका आँखा पढ्नू, कि त उसको हृदयका भाका पढ्नू नसके उसको डायरी पढ्नू ।” डायरीमा लेखिएको थियो, जब मेरा आमाबुबाको दुर्घटना भएको थियो, म दुई वर्षकी थिएँ रे । मलाई आमाबुबाको मुहारसमेत राम्रोसँग थाहा छैन । म आमाजस्तै छु रे भनेर अरूले भन्दाआमाको अनुहार कल्पना गर्छु । न मैलेबाबाआमाको माया महसुस गर्न पाएँ, न मैले मातृवात्सल्यको स्वाद । कस्ती अभागी केटी रहेछु म । आमाबुबाको दुघर्टनापश्चात् म मेरी फुपुसँग हेटौंडामा बस्न थालेँ। मेरो जीवन मरुभूमि हो तथापि म कमसेकम सिउँडी बन्ने प्रयासमा लागिरहेँ । जहाँ जे सम्भावना हुन्छ, उक्त कुरा प्राप्ति गर्न मैले गर्नुपर्ने मिहिनेत गरिरहेँ । सानैदेखि आशा राख्ने, हिम्मत भएकी र पढाइमा अब्बल थिएँ। सायद अब्बल भएकै कारण मैले छात्रवृत्तिमा निजी विद्यालयमा पढ्ने अवसर पाएँ ।

 

बिद्यालयमा सबै साथीहरूका आमाबुबा आएको देख्थेँ, मन खिन्न हुन्थ्यो । कति जना त मलाई कोही नभएकी टुहुरी भनेर हेप्ने गर्थे । पछिपछि त मलाई दुःख, दर्द, पीडा, अवहेलना र अभावले छुन छोडिसकेको थियो । भगवान्ले दुःखीलाई दुःख सहने गजबको तागत दिँदा रहेछन् । मेरी फुपू त थिइ्न्, जो मेरी आफ्नी थिइन् । फुपू आफ्नै भए पनि खै किन हो, मलाई नोकरको जस्तो व्यबहार गर्थिन् । घरको काम सकाएर बचेको समयमा बल्ल पढ्न पाउँथेँ म । सकसमा बित्यो मेरो बाल्यकाल । कसैले मलाई के बन्छ्यौभनेर सोध्दा म डाक्टर बन्छु भन्थँे, त्यो मेरो सपना थियो । त्यही सपना मेरो बाँच्ने आधार बन्यो । मैले राम्रो एस.ई.ई. मा नेपाल प्रथम गरेपछि उच्च शिक्षा मात्र होइन, शल्यचिकित्सा पनि निःशुल्क पढ्न पाएँ । आमाबुबाको माया महसुस गर्न नपाएकी मैले स्नेह र माया कस्तो हुन्छ होला भनेर जान्नकै लागि मुटुरोग सम्बन्धी विशेषज्ञता हाँसिल गरेँ । कैयौंँपटक मानिसहरूको अपहेलनाको प्रहार खाँदा पनि, बिनाकारण तिरस्कृत हुँदा पनि, यात्रामा अनेकौं बिघ्न आए पनि, काँडैकाँडा र सिसामाथि हिँड्न परे पनि, म सपना पूरा गर्न अरिाम हिँडिरहेँ । काँडाको बीचमा गुलाबझै मुस्कुराइरहेँ । तिनै काँडा त मेरा सारथी बनेँ ।जब मैले आफ्नै सङघर्ष र बलबुतामा हाँस्न सिकेँ र बाच्न सिकेँ तब मलाई महसुस भयो कि,“यात्रामा बाटोको हैन गन्तव्यको महत्त्व हुन्छ ।” त्यसदिन मेरा आँखामा आँसु रसाएका थिएँ । मलाई अचम्म लाग्यो कि उसले विद्यार्थी जीवनमा मसँग कहिल्यै पनि यस्ता कुरा गरिनँ । ऊ सधैँ खुसी देखिन्थी । उसलाई घनिष्ट मित्र बनाएको २० वर्षपछि मैले उसको कथा थाहा पाएँ । उसले कहिल्यै पनि उसमाथि भएको अपमान, हेला र तिरस्कारका कुरा मलाई सुनाइन । खासमा उसले डायरीमा लेखेको जस्तो भाव मैले उसको अनुहारमा कहिल्यै दखिनँ । मेरो मनमा आत्मग्लानी पनि भयो । मैले उसको मुस्कान मात्र देखेँ तर त्यो मुस्कानभित्रको कथा भने पढ्न सकेकी रहिनछु । मेरी कथाकी पात्र सरकारी सेवामा प्रवेश गरेपछि दुर्गम क्षेत्रमा गएर सेवा गर्न थालेको कुरा सुन्दा मनमा गर्वानुभूति हुन्छ । मनमा एउटा रहर र सपना जाग्छ कि म सधैँ यस्तै कथा लेख्न सकूँ ।