‘किताब’
चलचित्रको समीक्षा

सुमिता तिमिल्सिना

कक्षा ९

१. परिचय खण्डः

लेखकः प्रकाश लिम्बू

कलाकारः प्रकाश लिम्बू, सुस्मिता लिम्बू, गंगा बर्दान, कृष्ण लवती, बिना, रोस्ु राई, बिनोद रसाइली, इन्द्र लिम्बू, रमेश राई, निरज बस्नेत, लक्ष्मण खनाल, किबु कुमाल

निर्देशकः प्रकाश लिम्बू

२. विषयवस्तुः

किताब चलचित्रमा नेपाली समाजको सजीव चित्रण गरिएको छ । पूर्वी पहाडका गाउँबस्तीको यथार्थ प्रस्तुति गरिएको यस चलचित्रमा वैदेशिक रोजगारीका कारण रित्तिन पुगेका गाउँबस्ती र भत्किँदै गएको पारिवारिक एकतालाई मूल विषयवस्तु बनाइएको छ । यस चलचित्रको प्रारम्भमा गाउँको मध्यम निम्न वर्गीय परिवारले आफ्नो जीवनयापनमा गर्नुपरेका संघर्ष र झेल्नुपरेका आर्थिक संकटलाई मिहीन रूपमा देखाइएको छ । लोग्ने, स्वास्नी र एउटा छोरीसहितको परिवारमा धेरै जसो पैसाकै कारण लोग्ने र स्वास्नी बिच कलह भइरहन्छ । लोग्नेले ज्यामी काम गरेर भए पनि आधारभूत आवश्यकता पूरा गरिरहेकै हुन्छ तर स्वास्नीलाई आफू सहरमा बस्ने र छोरालाई पनि सहरकै निजी विद्यालयमा पढाउने इच्छा हुन्छ । यसले बारम्बार लोग्नेलाई विदेश जान कर गरे पनि लोग्ने भने जान मानेको हुँदैन । ऊ आफ्नै गाउँबस्तीमा बसेर केही गर्नुपर्छ भन्ने सोचाइको थियो । स्वास्नीले जति कर गर्दा पनि नमानेपछि ऊ आफैँ विदेश जाने निर्णयमा पुग्छे । अन्ततः ऊ विदेश जान्छे । ऊ विदेसिएपछि उसको लोग्ने कुसंगतमा पर्छ र बिग्रिन थाल्छ । छोरीलाई विद्यालय पु¥याउने र ल्याउने कार्य पनि लोग्नेले नै गर्न थालेको थियो । ऊ कहिलेकाँही ढिलो जाने गथ्र्यो । एक दिनको कुरा हो, उसकी छोरी बाटोमा दुर्घटनामा पर्छे । उसको बाबा भने रक्सीको तालमा हुन्छ । ऊ पुग्दासम्म छोरीको निधन भइसकेको हुन्छ । त्यसपछि उसकी स्वास्नी विदेशबाट घर आउँछे तर आफ्नो सर्वस्व गुमाइसकेकी हुन्छ । यसरी दुखान्त घटनामा आएर चलचित्रको अन्त्य भएको देखाइएको छ ।

३. भाषशैलीः

चलचित्रको भाषाशैली सरल, सहज र बोधगम्य छ । कथ्य भाषाको प्रशस्त प्रयोग गरिएको यस चलचित्रमा लिम्बू मातृभाषी वक्ताले बोल्ने नेपाली भाषाको सफल प्रयोग गरिएको छ । यसरी नेपाली भाषामा एक खालको बेग्लै स्वाद चाख्न पाइएको छ । लिम्बू भाषाका शब्दको प्रयोग पनि गरिएको छ । बालकदेखि वृद्धसम्मले बोल्ने भाषाको प्रयोग गरिएको यो चलचित्र भाषिक दृष्टिकोणमा केही व्याकरणिक त्रुटिबाहेक सफल रहेको छ ।

४. सन्देशः

यस चलचित्रले “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन् भन्ने सन्देश दिएको छ । जे जस्तो भए पनि आफ्नै देशमा बसेर कर्म गनुपर्छ, यही माटोमा पसिना चुहाउनुपर्छ, गर्न सके हाम्रै देशमा अनन्त सम्भावना छन भन्ने आशय चलचित्रले अभिव्यक्त गरेको छ । आमाबुबा हुँदाहुँदै पनि टुहुरा बन्न पुगेका बालबालिका र छोरोछोरी हुँदाहुँदै असाहय बन्न पुगेका आमाबुबाका कथाव्यथा अब हरेक नेपाली युवायुवतीले बुझ्नुपर्छ अनि आफ्ना सपनामा र विपनामा  यही देश सजाउने कार्य गर्नुपर्छ ।  नागरिकका हरेक दायित्व र कर्तव्य राज्य र राष्ट्र निर्माणमा जोडिएका हुन्छन् । त्यसैले देशभक्ति त एउटा नागरिकको पहिलो दायित्व हो भन्ने सन्देश पनि चलचित्रले दिएको छ । गास, बास र कपासका लागि विदेशिनु राम्रो होइन । नेपाल जस्तो उर्बर भूमिमा पसिना चुहाउन सके कसैले पनि यस चलचित्रका पात्र लोग्ने र स्वास्नीको जस्तो पीडा भोग्नुपर्देन भन्ने सन्देश यस चलचित्रले दिएको छ ।

५. उपसंहारः

 

वैदेशिक रोजगारीका सामाजिक तथा पारिवारिक विखण्डन र विग्रह बढ्दै गएको छ । युवा जनशक्ति बिदेसिनाले देशको विकास निर्माणमा युवाशक्तिको अभाव भएको छ। गाउँघरमा युवा जमातको कमी छ। मलाम र जन्तीमा युवाको संख्या डरलाग्दो गरी कम देखिन थालेको छ। युवा जनशक्तिको कमीले कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् र देशमा विकासको गति सुस्त हुँदा बेरोजगारीको समस्या झन् बढ्दै गएको छ। तत्काललाई पैसा कमाउन सकिए जस्तो देखिए यसले हाम्रो देशको भलो गर्दैन । यसर्थ विश्व बजारबाट आधुनिक ज्ञान र प्रविधि सिकौँ तर आफ्नै देशमै कर्म गरौँ भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नुपर्छ ।