समाजमा भएका विकृति देखेर मनमा उठेको कुरा

आयुष प्रजापति

कक्षा दश

स्थान ः सुत्ने कोठा                           समय ः बेलुकी ९ बजे                       पात्र ः आयुष प्रजापति

आज बिदाको दिन, मनमा अध्ययन कार्यसँगै सम्बन्धित कुरा खेलिरहेका थिए, तपाथि मन न हो, कता कता उड्न त खोजिरहन्थ्यो । अचानक बाहिरबाट ठुलो आवाज आयो । म झसङ्ग भएँ । छिटो छिटो झ्यालमा पुगेँ र बाहिर हेरेँ । दुई जना मान्छे जाँड पिएर मात्तिएको सुरमा झगडा गर्दै रहेछन । उनीहरूको बोली र हिँडाइ देखेर म तिनछक परेँ । एकछिन पछि झ्याल बन्द गरेँ र खाटमा पल्टेँ । आरा मगर्न पल्टेको थिएँ खाटमा, के आराम गर्न सक्नु, मनमा त त्यही अघिको घटनाले डेरा जमाइसकेछ । टिभी खोल्न मात्र भ्याएको थिएँ, समामाचारमा सुनेँ, सिराहामा एक बालिकाको बलत्कार । अब त मन एकतमासको भो । आँखिर किन र कहिलेसम्म यी सब विकृति रहन्छन् मेरो समाजमा ।अस्ति भर्खरै होटेल पसलमा तास खेल्नेहरूलाई प्रहरीले समातेको कुरा याद पनि यही बेला याद आयो । एकछिन पछि सामाजिकमा विकृतिहरुको बारे पढेको कुरा याद आयो । आफुले आफुलाई प्रश्न गरेँ, हाम्रो समाजलाई विकृतिले गाँजेकै हो त ।

बर्सौ अगाडि महान् व्यक्तिहरूले धेरै पुराण लेखेँ, धेरै ग्रन्थ लेखेँ । ती सबैमा मानिसका राम्रा कर्म , सत्यको जित र असत्यको हार लेखिएको हुने कुरा लेखियो । अरूलाई दुःख दिनु पाप हो भनेर लेखियो । हाम्रो पितापुर्खाले त्यही मार्ग हामीलाई देखाए । हामी सत्य, न्याय, परोपकार र सद्भावको मार्ग हिँड्नुपर्ने तर अहिलेको सामाजिक अवस्था हेर्दा त ठिक विपरीत देखिन्छ । जता हेरे पनि चोरी, ठकैती, हत्या, बलत्कार, हिंसा, झैँझगडा, सडक दुर्घटना आदिका खबर सुनिन्छन् । शिक्षा र सचेतनाको कारण केही कुप्रथाहरू त हट्दै छन्, नभए नेपाल सामाजिक विकृतिको उच्च तहमा हुन्थ्यो होला । ढोकाको आवाजले म फेरी झसङ्ग भएँ । आमा र बुबा सुत्न लाग्नुभएको रहेछ । घडी हेरेँ, ओहो ! साढे दस बज्न लागेछ । भोलि बिहानै विद्यालय पुग्नु पर्छ । म पनि सुतेँ । निद्रा लागे पो, (कोल्टे फर्किएँ ।) तर पनि निद्रा लागेन मनमा तिनै कुरा खेलिरहे ।

(पुनः कोल्टै फर्किँदै) मनमनै सोचेँ, हो समस्या हाम्रो समाजमा छन् । समस्या कहाँ छैनन् ।के समस्याको समाधान नै छैन त ।पक्कै पनि यी समस्याबाट पार लाउन सकिन्छ हाम्रो समाजलाई । म कसरी यस्ता विकृतिको अन्त्य गर्ने भनेर सोच्न थालेँ । शिक्षा, चेतना, विवेक सबै कुरा हाम्रो समाजमा छ । के डाक्टरले चुरोट थाहा नपाएर खाएको हो ।होइन, अशिक्षाको कारण मात्र यी समस्या आएका हुन् भन्ने कुरामा आज म सहमत हुन सकिनँ । मूल समस्या हामीले आफ्नो संस्कार, धर्म, कर्म र मर्म बिर्सेका छौँ , हामीमा आत्मअनुशासनको कमी भयो । संस्कार र संस्कृति बिर्सिँदै गयोँ । समस्या यहीँबाट सुरु भयो भन्ने मलाई लाग्यो । हाम्रो विद्यालय महेन्द्र विद्या आश्रममा सिकाइने संस्कार, अनुशासन र व्यावहारिक शिक्षाको महत्त्व के रहेछ भन्ने कुरा बल्ल बुझेँ । यस्तो लाग्यो कि सबै मानिस स्वअनुशासनमा बस्नु नै सबै समस्याबाट मुक्ति पाउनु हो । एउटा विद्यार्थीको रूपमा म आफू पनि संस्कारी बन्ने छु र अरूलाई पनि बन्न प्रेरित गर्ने छु भन्ने कुरा मनमा खेल्दाखेल्दै म निदाउन पुगेछर ।