पञ्चतन्त्रका रमाइला कथाहरूका कथा समीक्षा

हिसिला ख्याजू

कक्षा दश

१. कथाकारको परिचय

नेपाली साहित्यका सुप्रसिद्ध कथाकार एवम् कवि  विजयराज आचार्यको जन्म वि.सं. २०३३ साल माघ महिनाको ९ गतेका दिन प्युठान जिल्लाको ऐरावती भन्ने ठाउँमा भएको थियो । पिता पिताम्बर र माता मननकलाको काखबाट जन्मनुभएका कथाकार  विजयराज आचार्यका ‘रमाइलो गाउँ’, ‘म त स्कुल जान्नँ’, ‘के कसरी लेख्ने’ शीर्षकका  रचना प्रकाशित छन् । यस समीक्षात्मक कार्यमा ‘पञ्चतन्त्रका रमाइला कथाहरू’ कथा सङ्ग्रहमा समाविष्ट ‘मूर्ख गधा’ कथाको समीक्षा गरिएको छ ।

२. पात्र र भाषाशैली

 ‘मूर्ख गधा’ कथामा  मुख्य गरी दुई पातहरू रहेका छन्, ती हुन् ः गधा र ब्वाँसो । गधालाई भतिजो र ब्याँसोलाई  काकाको रूपमा प्रस्तुत गरिएको छ । दुवै पात्रहरू कमजोर र आशाहीन अवस्थामा एक अर्कालाई भेट्छन् । कथाका अन्य पात्र गाउँलेहरू हुन् ।  कथामा प्रस्तुत कथामा सरल र सहज ढंगले विषयवस्तुलाई प्रस्तुत गर्न खोजिएको छ । बाल कथामा हुनुपर्ने सुबोध्य भाषाशैलीको प्रयोग कथामा गरिएको छ । त्यसैले कथा पढ्न पनि सहज र चाखलाग्दो छ ।

३. कथाको विषयवस्तु र सन्देश

प्रस्तुत कथामा एक धोबी हुन्छ, जसको एक गधा हुन्छ । गधा कहिल्यै पनि बाहिर आफ्नो मनको काम गर्न पाउँदैनथ्यो । एकदिन धोबी घरमा नभएको मौका ताकेर गधाले घरदेखि कुलेलम ठोक्यो । गधाले बाटोमा ब्वाँसोलाई भेट्यो । दुवै जना छिट्टै साथी बने र एउटा खेतमा गई काँक्रो खान थाले । ती दुई जहिले पनि बेलका बेलुका । काँक्रो खान जान्थे, तर त्यस दिन उनीहरूको दिमागमा नयाँ सोच आयो । रातको मौसम राम्रो थियो, गधालाई गीत गाउने मन लागेको थियो तर यसले गाउँलेहरूलाई जगाउन सक्थ्यो ।  किनभने त्यो खेत अरुको थियो । ब्वाँसोले गधालाई धेरै पटक मनाही गयो तर गधाले आफ्नो मुर्खता देखायो र आफ्नो बेसुरो आवाजले गीत गाउन थाल्यो । यसले चरम निद्रमा मस्त गाउँलेहरूलाई उठायो । गाउँलेहरू लठी  लिएर गधालाई पिट्न थाले ।  लाठी खाए पनि गधा गीत गाउँछ  । एक छिनपछि ऊ बेहोस हुन्छ र गाउँलेहरू गधालाई बाँध्छन् ब्लोसो गधालाई हेरेर हाँस्दै  जाछ । यसले गधालाई आफ्नो गल्ती महसुस गराउँछ ।

कथामा मित्रताको बारेमा वर्णन गरिएको छ । दुःख, सुख, हाँसो र आँसुमा साथ दिनु मित्रताको धर्म हो तर कहिलेकाहीँ यस्तो परिस्थिति आउँछ कि चाहेर पनि केही गर्न सकिदैँन । जीवनका केहो मोडहरू आउँछन्, जसमा हामीले झुक्न सिक्नुपर्छ र अरुको सुझाबलाई लिन सक्नुपर्छ । हामीले दूरदर्शी सोच राख्नुपर्छ । केही गर्नुभन्दा अनि त्यसको परिणाम के हुन सक्छ भन्ने कुरा पनि सोच्नुपर्छ । जस्तै कथामा गधाले आफ्नो क्षणिक आनन्दको बारेमा मात्र सोचेको छ  तर त्यसले के परिणाम दिन्छ भन्ने बारे सोच्न सकेको छैन  जसले गर्दा गाउँलेहरूको हातबाट गधाको रामधुलाई  भएको । यसर्थ हरेक कुराको निश्चित समय र परिधि हुन्छ भन्ने कुरा सोचेर काम गर्नु नै बुद्धिमानी हुन्छ ।

हामी जिन्दगीमा धेरै काम गर्छौं र थुप्रै निर्णय पनि । ती काम र निर्णय जहिल्यै सही नहुन सक्छन् । सही ठानेर गरिएका निर्णय पनि गलत हुन सक्छन् । कतिपय काम र निर्णय राम्रो गर्नै लाग्दा–लाग्दै पनि बिग्रिन्छन् । र कतिपय काम ठिक पनि लाग्दछन्।तीमध्येका केही काम र निर्णय सुरुमा हामीलाई सही लागेर गर्छौं तर समयको अन्तरालमा हेर्दा गलत ठहरिएका हुन्छन्  र साच्चिकै गलत पनि हुन्छन् । त्यसैले कुनै पनि काम वा निर्णय गर्दा सोच विचार गरेर मात्र गर्नुपर्छ । असल मित्रता प्राकृतिक हुन्छ । बडो गाढा हुन्छ तर त्यसको धर्म भने निर्वाह गर्न सक्नपर्छ ।

४. उपसंहार

कथाको मूल भाव भनेको समयले मान्छेलाई चिनाउँछ । हामीले मान्छेलाई चिन्न सक्नपर्छ  तर, हामी आफैँले पनि अरूलाई बुभm्ने क्षमता राख्नुपर्छ  । आफ्ना मित्र, परिवारले सम्झाएका र बुझाएका कुरा पनि मान्नुपर्छ । अवस्था जस्तोसुकै आओस् व्वाँसोले जस्तो दुःख पर्दा साथीलाई छोड्नुहुँदैन । यस कथाले हाम्रै जीवनका यथार्थ घटनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।