Blog
जीवन यात्राको एक्लो यात्री म
जीना कार्की
कक्षा दश
संसारका सबै मानिसको जीवन एउटै नभए नि लगभग उस्तै छ । हरेक मानिस जन्मिदा यो संसारमा रोएरै आएका हुन्छन् । म पनि रोएकी थिएँ रे । सायद जीवनको सुरुवात आँसुबाट हुन्छ, दुःखबाट हुन्छ । घरदेखि केही परसम्म जान पनि साथ खोज्ने म यो धर्तीमा कसरी आउन सकेँ होला एक्लै ? कहाँबाट आयो होला त्यो हिम्मत ? सोच्दा पनि एक खालको आनन्दानुभूति हुन्छ । निराशामा आशाको दीप बल्छ जब सम्झिन्छु म एकल यात्रीको जीवनयात्रा र सङ्घर्ष । विधाताले बसालेको अनन्त थितिमा बस्नु हाम्रो नियति हो । मान्छे बाच्न सास चाहिन्छ अनि बाँचिरहन आश र विश्वास भन्ने कुरा मैले बुझेकी छु र म कहिल्यै आफूलाई एक्लो ठान्दिनँ मात्र एक यात्री ठान्छु । थाहा छ मलाई कि म जानु पनि एक्लै छ जसरी आएकी थिएँ, बस् मन यति छ कि आउँदा म रोएँ, जाँदा रुनेहरु धेरै होऊन् । म यस्तो कर्म गरुँ कि मलाई समयले पनि कसैको यादबाट बिर्साउन नसकोस् ।
यस कलियुगमा जन्म लिएपछि सधँै सतर्क हुनुपर्दो रहेछ । कसले कहिले हाम्रो मन रुवाएर जान्छन्, अत्तो पत्तो नै हँुदैन। सुखमा साथ दिनेहरु दुःखमा हात दिन डराँछन् । म अन्योलमा पर्छु कि को हुन् आफन्त ? अनुभवले भन्छ, दुःखमा सँगै उभिने आफन्त हुन् अनि नाताले भन्छ होइन त्यस्तो जेहोस् आफन्त त सारा मान्छे हुन् तथापि दुःखमा सम्झिने नै खास आफ्ना हुन् । खासमा आफ्नो त मात्र आफ्नो मन हो । मन बलियो भए लड्न सकिन्छ जस्तै कठिनाइसँग । कोही भए नभएकोे भरमा म एक्लै छु भन्ने भ्रम नपालौँ । कोही स्वार्थले नजिकिन्छिन्, कोही आवश्यकताले त कोही बस् यत्तिकै । त्यसैले जीवन यात्राको दौरानमा भेटिने जतिलाई साथ दिऊँ, घात नगरौँ अनि हिँडौ शिखरमा पुग्नु छ, एक्लै चालेर पाइहरु । नदीको साथी को छ र ? तर किन बगिरहन्छ नदी आफ्नो सागरसम्म पुग्न ? हो यसरी नै मेले मेरो जीवन यात्री म आफैँलाई बनाएँ, जुन दिन जीवनको अर्थ मैले पाएँ ।
यही तन, यही मन, यही भोगाइ र अनुभव जीवनका सहयात्री हुन् । भोलि के हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले आफ्नो किम्ति समय पनि अरुको पछि भागेर खर्च गर्नु हुँदैन । अझ यात्रा धेरै लामो छ । काँडाले भरेका बाटाहरु आउन नै बाँकी छन् । ती मिहिनेत, संघर्ष यस्ता बाटामा अघि बढ्न प्रयोग गर्नु पर्छ । आफ्नै साना साना कुरामा खुसी खोज्ने गर्नुपर्छ किनकि ठुलो ठुलो कुरा त जीवनमा कहिले कहिँ मात्र हुने गर्छ । यदि आफ्नो जीवनको यात्रामा हार मान्ने सोच आयो भने, केही बोल्नु भन्दा पनि मुस्कुराइदिनू किनकि शब्दले त उल्झाउन पनि सक्छ तर मुस्कानले सधैँ उत्साह दिन्छ । हामीले दुइओटा कुराको चिन्ता गर्न छोडिदिनुपर्छ । एउटा आफ्नो दःुख र अर्को अरुको सुख । यसरी जिन्दगी जिउन सजिलो हुन्छ ।
अन्त्यमा भन्नुपर्दा प्रेमले भंरिएको आँखा, श्रद्धाले झुकेको शिर, सहयोग गर्ने हात, सत्मार्गमा चलेको पैतला अनि सत्यसँग जोडिएको जीव ईश्वरले धेरे मन पराउँछन । यसर्थ जीवनको हरेक दुः ख सुखमा एक्लो यात्री बनी साहस र सद्भावले अगाडी बढ्नुपर्छ । यदि मरे पनि जिउनु छ भने कि त पढ्न लायक केही लेखेर जानु पर्छ कि त लेख्न लायक केही गरेर जानु पर्छ ।