गाईजात्रा विशेष कार्यक्रम
कला संस्कृति प्रवर्धन महेन्द्र विद्या आश्रमको अभियान

जेम्स धुकुवा

कक्षा दश

कला संस्कृति प्रवर्धन महेन्द्र विद्या आश्रमको अभियान भन्ने मूल नाराका साथ मिति २०७९ साल भाद्र महिनाको २ गतेका दिन महेन्द्र विद्या आश्रमद्वारा गाईजात्राको अवसरमा घिन्ताङ घिसिङ कार्यक्रम सम्पन्न गरियो । गम्भीर विषयवस्तुको बाबजुद रमाइलोले भरिएको भव्य उत्सव घिन्ताङ घिसिङ वाराहीस्थानदेखि भक्तपुर दरबार क्षेत्र र न्यातापोला मन्दिरसम्मको एउटा छोटो पदयात्राको पूर्ण परिक्रमा गरी मनाइएको थियो । कक्षा चारदेखि दशसम्मका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्के, प्रधानाध्यापक श्री अनिल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत श्री सम्राट मास्के लगायत  शिक्षकहरूको सहभागिता रहेको थियो । यस शोमा सडक प्रदर्शन र सामान्य रूपमा घिन्ताङ घिसीङ भनिने शास्त्रीय नृत्यहरू समावेश गरिएको थियो । घिन्ताङ घिसिङ कार्यक्रममा अन्य धेरै विद्यालय तथा सहरका धेरै विद्यार्थीको सहभागिता रहेको थियो भने यस विद्यालयबाट ४२२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।  

गाईजात्रा दुःख, पीडा र वियोगको पर्व मात्र होइन, आशा चेत फैलाउने र बरु जस्तोसुकै अवस्थामा पनि आनन्दित हुने उत्तम माध्यमको  पनि हो । गाईजात्रा विशेष नाचगान, उल्लास र हाँसोको लहरसँगै सामाजिक बेथितिमाथि तिखो व्यङ्गय गरी मनाइन्छ । यस कार्यक्रमको उद्देश्य थियो कि विद्यार्थीहरूले हाम्रा चाडपर्वको मूल्य, आभा र महत्त्व आत्मबोध गरून् तथा  पीडा, दुःख, दर्द र बेदना भए पनि  सुन्दर जीवनमा सकारात्मक सान्त्वना लिनू अपरिहार्य  हो भन्ने पाठ सिकून् । आठ दिनसम्म मनाइने यो पर्व दुखको मलम भनेर पनि चिनिन्छ । कार्यक्रममा युवा विद्यार्थीहरूले देखाएको उत्साहमा भक्तपुरको उज्ज्वल भविष्य प्रतिविम्बित हुन्थ्यो । सङ्गीतको  ब्यान्ड कार्यक्रमको लागि एक अपरिहार्य भाग हो ।  नेपाली परम्परागत ढोल, झ्याली आदि बाजागाजाहरू फरक–फरक थिए तथापि ती निस्किने धुनमा नेपाली पन र मन प्रतीत हुन्थ्यो । धिमेको श्रुतिमधुर धुनसँगै झाँकीहरू आपसमा जुध्दै, गाईजात्रा चरमोत्कर्षमा पुगेको थियो । यो एक कार्यक्रम थियो जुन औसतमा २ घण्टासम्म चलेको थियो तथापि यो चिरस्मरणीय छ । हरेक मन हर्षित थिए, केटाकेटीहरू खुसीमा डुबेका थिए, शिक्षकहरू आनन्दित मात्र होइन विद्यार्थीको प्रस्तुति देखेर चकित पनि थिए । 

अन्तमा, गाईजात्रा हाम्रो जीवनमा दुःख अवश्यम्भावी छ र त्यो स्वीकार गर्न हिम्मत  हुनुपर्छ  भन्ने चेत फैलाउन मनाइने  पर्व हुो । जीवन एक महान् उपहार हो जुन हामीसँग छ र यसलाई बाँच्नुहोस्, जबसम्म तपाईंसँग समय छ  तबसम्म यसलाई साथर्क रूपमा पूरा गर्नुहोस् । धन्यवाद ।