बुझौँ हामी संस्कृतिको मर्म
नबनाऊँ खर्चिलो चार्डपर्व

अर्चना प्याकुरेल

कक्षा दश

हाम्रा महान् चाडपर्व दसैँ, तिहार, छठ, नेपाल संवत, ल्होसार, उँधौली आदि हरेक नेपालीको घर आँगनमा आइसकेका छन् र आउने क्रम सुरु भएको छ । हामी सबैले चापर्व कसरी मनाउने भनेर पक्कै पनि योजना बनाइसकेका छौँ होला । यो किन्ने त्यो किन्ने सबैको निधो गरिसक्यौँ होला । आवश्यक चिजबिज त किन्नु पनि पर्छ तर के अत्याधिक खर्च गरेर मात्र चार्डपर्व राम्रो हुने हो र ? अहिले यही चलनले हाम्रो संस्कृतिलाई विकृत बनाएको छ । आयो दसैँ ढोल बजाईः गयो दसैँ ऋण बोकाई भन्ने भनाइ चरितार्थ हुँदै गएको छ । यसले गर्दा दसैँ तिहारको बेलामा चोरिचकारी बढ्दै छ । यदि हाम्रो संस्कृतिले गरिब र धनी बिच विभेदको सिर्जना गर्छ, तल्लो र माथिलो वर्ग भनेर समाज वर्गीकरण गर्छ, कसैलाई दुख दिन्छ, हिंसा र अपराधको कारण बन्छ बने त्यसले कालान्तरमा ल्याउने परिणाम कस्तो होला ? बेलैमा सोच्ने हो कि ? हामीले बुझनुपर्ने कुरा के हो भने कुने पनि चाडपर्वको मूल्य भनेको पारिवारिक र सामाजिक जमघट, एकापसमा खुसी साटासाट गर्ने र निश्चित परम्पराअनुरूपका कार्य गर्नु हो । हाम्रा परम्परागत संस्कृतिमा अहिले बिस्तारै विकृतिका काला बादल मडारिरहेका छन् । यसको अन्त्य हाम्रो दायित्व हो । मुखमा राम राम बगलीमा छुरा भनेझै मनमा श्रद्धा, आस्था, विश्वास रतिभर छैन तर तँभन्दा म ठुलोको भावले गर्दा देखावटी र देखासिकी गर्ने चलन बढ्दै गएकाले चाडपर्व काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भनेझैँ खर्चिलो हुँदै गएका छन् ।

कसले श्रद्धाले चार्डपर्ब मनाउँछ नभई कसले बढी पैसा खर्च गर्छ भन्ने परिस्तिथिको सिर्जना हुनु हामी सबैका लागि दुःखद कुरा हो । आफूले कमाएको दशांश दान गर्नु, केही रकम बचत गर्नु र बाँकी घर खर्च गर्नु भन्ने हाम्रा पुर्खाले सिकाएको दिव्य ज्ञान हामीले बिर्सनुहुँदैन । चार्डपर्व कमाउनेलाई अनुपम उपहार र अरूलाई जीवनको भार भएको छ । आफन्त जमघट गरेर आफ्ना कुरा बाँढ्ने तथा आफ्ना आँसु र वेदना पोख्न बनाइएका चार्डपर्व गरिब र निम्छराका लागि दुखको मूल कारण त हुने होइन भन्ने चिन्ता र चाँसो यो लेखको मुख्य विषय हो । चार्डपर्व उत्साहको विषय हुनुपर्ने ठाउमा अब चिन्ताको विषय भएका छन् । चार्डपर्व हाम्रा संस्कृति र परम्परा हुन् तर त्यही संस्कृति अहिले विकृतिमा परिणत हुँदै छ । यो सब हुनुको मूल कारण के हो ? खुसीका आँसु दिनुपर्ने पर्व पीडाका अश्रुधारा बहन बाध्य बनाएको किन त ? यो सबको कारण श्रद्धाभन्दा तडकभडकपूर्वक चार्डपर्व मनाउनु पर्छ भन्ने विचार धारा हो । विदेशी सामानको अधिक प्रयोग, मादक पदार्थ सेवन, जुवातास खेल्ने जस्ता कुरा छोडेर चाडपर्व मनाउन सके पक्केै पनि माया, सद्भाव र शुभकामना दिनुपर्ने पर्वमा पैसाको कुरा आउने छैन ।

छुटिएका परिवार मिल्न, काममा लागेका रमाउन र एकापसमा एकताको डोरी अझैँ बढी प्रगाढ होस् भन्ने मूल उद्देश्य हाम्रा चार्डपर्वका हुन् चार्डपर्वमा गरिने हरेक कामक र हरेक रीतिरिवाजको आफ्नै महत्त्व छ, आफ्नै विशेषताहरू छन् । गर्नुपर्ने र मान्नुपर्ने कुरा नगर्ने देखाउनका लागि जे पनि गर्ने कार्य कदापि राम्रो होइन । चार्डपर्व विशेष छ यसमा रमाउनुपर्छ खुला हृदय राख्नुपर्छ तर पैसाको महत्त्व नै नचिनी ऋणै लिएर महङ्गा सामान किन्ने र अरूलाई देखाउने मात्र ग¥यौँ भने पैसासँगै ती अमूल्य चार्डवर्वको महत्त्व पनि बिलाएर जान्छ । भगवान् धनीका मात्र होइनन्, भगवान सबैका हुन् । हामीले चार्डपर्वमा हुने छप्पन भोग गरेर हुदैन जब कि अरुबेला, हामी एक छाकका प्यासी छौँ । हामीले हाम्रो आस्था, श्रद्धा र विश्वासको अर्पण गरेमा मात्र चार्डपर्वको महत्व रहन्छ । चार्डपर्व संस्कृति कै रूपमा जोगिन्छन् ।

अन्ततः चार्डपर्व हाम्रा अमुल्य संस्कृति हो, हाम्रो संस्कार हो, हाम्रो परम्परा हो र हाम्रो स्वाभिमान हो । चार्डपर्वमा कति पैसा खर्च गरेर कति धुमधामसँग मनायौँभन्दा पनि कति आस्था विश्वास, पारिवारिक एकता र शुद्ध मनले मनायौँ भन्ने कुराले महत्त्व राख्छ । त्यसैले हाम्रा चाडपर्वको मूल्य मान्यता आफ्ना छोराछोरीलाई सिकाउँदै, दर सन्तनमा फैलाउँदै यसलाई सभ्य र भव्य तरिकाले मनाऔँ, अनावश्यक खर्च नगरौँ, बरु सकिन्छ भने दुखी, गरिब र असाहयलाई सहयोग गरौँ, यसैले हाम्रो संस्कृतिलाई जीवित राख्छ । सबैको जय होस् ।