अविस्मरणीय यात्रा

किशोर कार्की

कक्षा दश

भनिन्छ, ‘जीवन एक यात्रा हो,संयोग हो, रहर हो, कल्पना हो ।’ सोच्दै गर्दा हामी कक्षा दशका विद्यार्थीका लागि यही वर्ष अन्तिम हो, एम.भी.ए.को आँगनमा अध्ययन गर्ने, हाँस्ने, खेल्ने, रमाउने । भनिन्छ नि आजको दिन भोलि को कल्पना । यसपालि पनि एम. भी.ए. ले सैक्षिक भ्रमणको आयोजना गरेको थियो । हामी सबै जना विद्यार्थीको लागि यो दसैँभन्दा कम थिएन । सबै जनाको मनमा खुसीको र जिज्ञासाको बहार थियो । आँखामा उत्साह झल्किन्थ्यो अनि व्यवहारमा भोलिको यात्राको पर्खाई, यात्रा खोपसीको थियो, त्यहीको बारेमा जान्न निकै काउकुती लागेको थियो । विद्यार्थी जीवन भनेकै नयाँ कुरा सिक्नु, नयाँ काम गर्नु, अनुभव सँगाल्नु र जीवनमा हर पाइलामा तिनको तादात्मयता खोज्नु न हो । जे होस् जीवनकै महत्त्वपूर्ण समय सायद विद्यार्थी जीवन नै हो भन्नेमा म निश्चिन्त छु ।

शुक्रबारका दिन हामी यात्राको लागि तयार भयौँ । अरु बेलाभन्दा आज सबै जना प्रशन्न देखिन्थे । स्कुलको पोसाक, सफा चिटिक्क देखिएका सबै मेरा साथीहरु उत्साहित देखिन्थे । एउटा गाडीमा छात्र र अर्को गाडीमा छात्रा राखिएको थियो । छात्रसँग पदम गुरुबा हुनुहुन्थ्यो भने छात्रासँग सन्तोष भण्डारी सर हुनुहुन्थ्यो । गाडीको पाङ्ग्रा चल्न सुरु भएँंगै मेरो कल्पनाको पाङ्ग्रा पनि खोपासीतर्फ दौडिदै थियो । गाडीमा निकै अविस्मरणीय क्षण हामीले सिर्जना ग¥यौँ । हामी नाच्यौँ, गायौँ, रामायौँ । त्यहाँ गुरुबाको र मेरो दोहोरि चल्यो । दोहोरीमा जीवनका कुरा भए । दुःख, सङ्घर्ष, योजना, भावना जस्ता विषयले प्रधानता पाए । यस्तो लाग्यो, वास्तवमा नेपाली मन त रमाउँदो रहेछ लोक गीतमा, अघिपघि ¥याप र अङ्ग्रजी गीतमा रमाउने मेरा साथी पनि दोहोरीमा रमेको देख्दा औधी खुसी लाग्यो । बसको झ्यालबाट बाहिरी दृश्ये नियाल्दा लाग्थ्यो, म आकाशमा उड्ने चरी झैँ स्वतन्त्र छु, नदीझैँ सङ्ग्लो छु । करिब एक घण्टाको समयपश्चात हाम्रो प्रतीक्षाको घडी सकिएको थियो । खुसीको सास फेर्दै थियौँ । लाग्छ, जीवन पनि यस्तै यात्रा त हो । कयौँ रहस्यको अर्थबोध गर्दै जानु र क्षितिजका नयाँ नयाँ पानामा अनुभवका गीत लेख्दै जानु । खोपासी बाहिरबाट हेर्दा कुनै स्वर्ग लोकभन्दा कम थिएन । हाम्रो प्रमुख उद्देश्य भनेको रेसम खेती र जलबिद्युतको बारे ज्ञान हासिल गर्ने थियो । हाम्रो गाडीले विश्राम पाएको थियो तर हाम्रो उत्साहित मन भने खोपासीको जलविद्युत तर्फ उडिरहेको थियो । हिँड्दा खुट्टा थाक्छन् तर त्यही हिँडाइ हो, त्यो दिन कुन्नि किन हो, हिँडेको भन्दा पनि उडेको जस्तो अनुभूति भयो । चर्को घामको किरण पनि शीतल पवन बन्यो । निश्चित उद्देश्य बोकेका हामी यात्रीलाई प्रकृतिको सानिध्यता जीवनकै अमूल्य पल थियो । बाटोमा एउटा सुन्दर खोला बगिरहेको थियो । त्यस खोलाबाटै बिजुली निकालिएको रहेछ । त्यो सुन्दर खोला कडा चट्टान छिचोल्दै बगिरहेको थियो, आफ्नो मञ्जिल सागर भेट्न । मलाई लाग्यो यो खोला जस्तै छ मेरो भविष्य । मेरा सम्पूर्ण पिर, हार, सङ्घर्ष,जय, विजय,पराजय, बाधा र व्यवधानको सामना गर्दै अघि बढ्नु छ, जसरी चट्टान छिचाल्दै नदी अगाडि बढेको छ ।

हामीले जलविद्युत अवलोकन ग¥यौँ । खोपासी जलविद्युत श्री ५ महेन्द्र वीरविक्रम शाहको पालामा बनेको रहेछ । २०२२ साल आषाढ ३१ गते तत्कालीन सोभियत संघको सहयोगमा यो आयोजना सम्पन्न भएको रहेछ । यसले २.४ मेगावट बिजुली उत्पादन गर्ने कुरा पनि जानकारी भयो । अब हाम्रो यात्रा रेशम खेतितिर थियो । बाटोमाथि यौटा पोखरी थियो, टन्टलापुर घाममा तड्पिएका हामी, त्यो सुन्दर मनोरम पोखरी हेर्दा शीतलताको अभाष गर्दै थियौँ । हामीले रेशम किरोकन गर्ने अवसर पायौँ । हेर्दा सानो किरा भए पनि यसले गर्ने काम महत्त्वपूर्ण थियो । जीवनमा साना कुराहरुले प्रभाव पार्छ भन्ने कुरा मैले सिक्न पाएँ । साना पाइला निकै महत्त्वपूर्ण हुने रहेछन् भन्ने मैले बुझ्न पाएँ । रेशम किराबाट हुने धागो महङ्गो मूल्यमा बिक्री हुने रहेछ । नेपाल कृषि प्रधान देश पनि हो, यस्तै कृषि कर्मर्ला बढी प्राथमिकता दिने हो भने नेपाल छिट्टै उन्नतिको शिखरमा पुग्ने कुरा निश्चित छ । खाजा खाने समय भयो, सबै साथीहरू मिलेर एकसाथ बसेर खाँदा चौरासी व्यञ्जन भन्दा काम थिएन । हुन त खाजा त्यही मकै, भटमास, रोटी, आलु, चना, अन्डा यस्तै थियो, कुन्नि किन हो, त्यो दिनको खाजा असाध्यै मिठो लाग्यो । साथीहरूसँग त्यसरी मिलेर खाँदा, रमाउँदा, हिँड्दा मन नै चङ्गा भएको थियो । यसरी नाच्दै, गाउँदै हाम्रो यात्रा स्कुलमा आएर समापन भयो र यो अवीस्मरणीय यात्रा बन्यो । यस्तौ अमूल्य अवसर प्रदान गरेकोमा महेन्द्र विद्या आश्रमप्रति जीवनभर आभारी रहने छु ।