तिहार विशेष कार्यक्रम २०७९

महेन्द्र विद्या आश्रम

भक्तपुरका कला र संस्कृति ः यसको संरक्षण एम्.भि.ए.को दूरदृष्टि भन्ने मूल नाराका साथ महेन्द्र विद्या आश्रमले तिहार विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रम मिति २०७९साल ०७ महिना ६ गते आइतबारका दिन गरिएको थियो । कक्षा नर्सरीदेखि दशसम्मका सम्पूर्ण विद्यार्थीको सभागिता रहेको कार्यक्रममा महेन्द्र विद्या आश्रमका कार्यकारी निर्देशक श्री महेन्द्रप्रसाद मास्के, वित्तीय निर्देशक श्री किरण मास्के, प्रमुख प्रशासकीय अधिकृत श्री सम्राट मास्के, प्रधानाध्यापक श्री अनिल श्रेष्ठ, भादगाउँ टेलिभिजनका पत्रकार प्रतिनिधि तथा सम्पूर्ण शिक्षकको गौरवमय उपस्थिति रहेको थियो । कार्यक्रममा लक्ष्मीपूजा, देउसी भैलो, म्हः पूजा एवम् पुरस्कार वितरण कार्य गरिएको थियो । विद्यालयका संस्थापक एवम् वित्तीय निर्देशक श्री किरण मास्केज्यूले लक्ष्मीपूजा गर्नुभए पश्चात् नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थी र शिक्षकबाट क्रमशः लक्ष्मीपूजा गरिएको थियो । लक्ष्मीपूजा सम्पन्न भएपछि अन्तर विद्यालय देउसी भैलो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयका भाइबहिनीहरूले आफ्नो साङ्गीतिक प्रस्तुति देउसीभैलो गीत र नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका नर्सरीदेखि कक्षा तीनसम्मका जम्मा १८८ जना विद्यार्थीले म्हपूजा गरेका थिए । पूजामा मुलीको भूमिका विद्यालय विद्यार्थी प्रतिनिधि श्री करुणा राईले निर्वाह गर्नुभएको थियो । म्हः पूजाको सांस्कृतिक तथा वैज्ञानिक महत्त्व, यसको पूजाविधि र यसबाट हामीले सिक्नुपर्ने कुराहरु उल्लेख गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक श्री अनिल श्रेष्ठले पूजाको सहजीकरण गर्नुभएको थियो । पूजा गराउने काममा कक्षा नौ र दशका छात्राहरुले सहयोग गरेका थिए । सम्पूर्ण शिक्षक र विद्यार्थी आआफ्ना सांस्कृतिक पोसाकमा सुसज्जित थिए ।

कार्यक्रममा राजर्षि गुरुकुलले आयोजना गरेको अन्तर विद्यालयीय निबन्ध लेखन प्रतियोगितामा प्रथम हुन सफल महेन्द्र विद्या आश्रमका छात्रा जुलियट मोक्तान, प्रगति पुस्तकालयले आयोजना गरेको आधारभूत तहव्यापी कविता वाचन प्रतियोगितामा प्रथम हुन सफल विभूति कार्की र देउसीभैलो प्रतियोगितामा प्रथम हुन सफल देउसी भैलो टोलीलाई प्रमाणपत्र सहित विद्यालयले मेडल र नगद पुरस्कार प्रदान गरेको थियो । यसैगरी विद्यालयले नेपाली र अङ्ग्रेजी विषयअन्तर्गत सस्वरवाचन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय तथा सान्त्वना हुन सफल विद्यार्थीलाई प्रमाण पत्रसहित पुरस्कार वितरण गरिएको थियो । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देशमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न विद्यार्थीलाई सानै कक्षादेखि यसको विशिष्टता बुभाउनुपर्ने र एक अर्कालाई सम्मान गर्ने संस्कृतिको बसाल्नुपर्ने कुरामा विद्यालय सचेत रहेको र विद्यालय नेपाल र नेपालीलाई चिनाउने हाम्रा कला, धर्म, संस्कृति एवम् चाडपर्वको संरक्षण र संवद्र्धनमा सदैव दरोखरो रूपमा अगाडि बढ्ने तथा आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न अझ सशक्त भएर प्रस्तुत हुने कुरा बताउँदै प्रधानाध्यापक श्री अनिल श्रेष्ठले कार्यक्रम समापन भएको जानकारी दिनुभएको थियो ।